Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
हामी एक वर्षाले भिजेको, अत्यन्त अँध्यारो रातमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई खोज्न निस्कियौँ ताकि उहाँले हामीलाई नमाज पढाइदिउन्। अब्दुल्लाह बिन खुबैबले भन्नुहुन्छ: मैले उहाँलाई भेटेँ। उहाँले भन्नुभयो: "भन," तर मैले केही भनिनँ। फेरि उहाँले भन्नुभयो: "भन," तर मैले फेरि पनि केही बोलिनँ। तेस्रो पटक उहाँले भन्नुभयो: "भन।" तब मैले सोधें: "म के भनूँ?" उहाँले भन्नुभयो: "तिमीले बिहान र बेलुका तीन-तीन पटक"{कुल हुवल्लाहु अहद} (सूरह इख्लास) र दुई मुअव्विजात (सूरह फलक र सूरह नास) पढ्नु। यी ले तिमीलाई हरेक कुराबाट जोगाउनेछन्।"
सही अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
"जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।" र जसले बिहान तीन पटक यो पढ्छ, साँझसम्म उसलाई अचानक कुनै विपत्ति आउने छैन।" वर्णनकर्ता भन्छन्, पछि अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"सैय्येदुल-इस्तिग्फार" यो हो : ‘अल्लाहुम्म अन्त रब्बी, ला इलाह इल्ला अन्त्, खलक्तनी व अना अब्दुक व अना अला अह्दिक व वाअ्दिक मस्त-ताअ्-तु, अऊजुबिक मिन् शर्रि मा सनाअ्-तु, अबूउ लक बिनिअ्मतिक अलय्य व अबूउ बिजम्बी, फग्-फिर्ली फइन्नहु ला यग्फि-रूज्जुनूब इल्ला अन्त् ।’ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पूर्ण विश्वासका साथ बिहान उक्त दुआ पढ्छ र सोही दिन साँझ हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा प्रवेश गर्नेछ । त्यसैगरी जसले पूर्ण विश्वासका साथ राती पढ्छ र बिहान हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा जानेछ ।"
सही बुखारीले वर्णन गरेका छन्
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) बिहान फज्रको नमाज पढेर सबेरै उनी (जुवैरिया) कहाँबाट बाहिर निस्कनुभयो। त्यतिबेला उनी आफ्नो प्रार्थना गर्ने ठाउँ (मुसल्ला) मै थिइन्। पछि जब उहाँ घाम माथि आइसकेपछि फर्कनुभयो, तब पनि उनी त्यहीँ बसिरहेकी थिइन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो, "मैले तिमीलाई जुन अवस्थामा छोडेर गएको थिएँ, के तिमी अहिलेसम्म त्यही अवस्थामा छौ?" उनले जवाफ दिइन्, "हो।" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मैले तिमीकहाँबाट निस्केपछि चारवटा यस्ता शब्दहरू तीन पटक भनेको छु, यदि ती शब्दहरूलाई तिमीले बिहानदेखि अहिलेसम्म भनेका सबै जिक्रहरूसँग तौलने हो भने, ती (चार शब्दहरू) नै (पुण्य र महानतामा) भारी हुनेछन्। ती शब्दहरू हुन्: 'सुब्हानल्लाही व बिहम्दिही, अदद खल्किही व रिजा नफ्सिही व जिनत अर्शिही व मिदाद कलिमातिही'।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"
सही मुत्तफकुन अलैहि