Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

50 of 683 cards

Clear filters

Narrator

Show all narrators (35)
"हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभएको छ: "हे रसूल (सन्देशवाहक) हरू! पवित्र कुरा खानुहोस् र सत्कर्म गर्नुहोस्, निश्चय नै, तिमीहरूले जे गर्छौ, म त्यस बारे पूर्ण ज्ञाता छु।" आर्को ठाउँमा भन्नुभएको छ: "हे आस्थावान् हरू! हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरूमध्ये खाऊ।" (अल-बकरा: १७२) त्यसपछि, उहाँले एक यस्तो व्यक्तिको बारेमा बताउनुभयो, जो लामो यात्रामा हुन्छ, उसको कपाल अस्तव्यस्त हुन्छ र शरीर धुलाम्मे हुन्छ। उसले आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु! हे मेरो प्रभु!" तर उसको खानपान हराम (अवैध,वर्जित कुरा) छ, उसको पिउने वस्तु हराम छ, उसको वस्त्र हराम छ र उसको पोषण नै हरामबाट भएको छ भने यस्तो अवस्थामा उसको प्रार्थना कसरी स्वीकार हुन सक्छ?"
सही मुस्लिमले वर्णन गरेका छन्
"एक दिन हामी अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौं, अचानक एक जना मानिस देखा परे, उनको लुगा धेरै सेतो र कपाल धेरै कालो थियो । उनको शरीरमा यात्राको कुनै प्रभाव देखिएको थिएन र हामी मध्ये कसैले पनि उनलाई चिन्न सकेनौं । उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बसे र आफ्नो घुँडालाई उहाँको घुँडामा जोडेर आफ्नो दुवै हत्केला उहाँको तिघ्रामा राखे र प्रश्न सोधे: ए मुहम्मद! मलाई इस्लामको बारेमा बताउनुहोस् ? तब अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो : “अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ, सलाह (नमाज) कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरसम्म हज गर्नु हो भनेर गवाही दिनु।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । हामी आश्चार्य चकित भयौं, यो कस्तो प्रकारको व्यक्ति हो, प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ । उनले फेरि सोधे : मलाई ईमानको बारेमा बताउनुहोस् ? उहाँले जवाफ दिनुभयो: “अल्लाह, उहाँका फरिश्ता (स्वर्गसन्देष्टा) हरू, उहाँका पुस्तकहरू, उहाँका रसूल (सन्देशवाहक) हरू र अन्तिम दिनमा विश्वास गर्नु तथा राम्रो नराम्रो भाग्य (तकदीर) मा विश्वास गर्नु भनेको ईमान हो ।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । उनले फेरि सोधे : मलाई एहसानको बारेमा बताउनुहोस् ? तब उहाँले ले जवाफ दिनुभयो: "अल्लाहको आराधना यसरी गर, मानौं तिमी उहाँलाई देख्दैछौ । यदि तिमी अल्लाहलाई देखेको कल्पना गर्न सक्दैनौ भने उहाँले तिमीलाई देखिरहनुभएको छ ।" उनले फेरि सोधे : कयामत कहिले आउँछ? उहाँले ले जवाफ दिनुभयो: “जोसँग प्रश्न सोधिएकोछ उ सोध्ने व्यक्ति भन्दा बढी जान्दैन ।” फेरि उनले सोधे : त्यसो भए कयामतको संकेतको बारेमा बताउनुहोस् ? उहाँले ले जवाफ दिनुभयो: “दासीले आफ्ना मालकिनहरूलाई जन्म दिन थाल्नेछन्, खाली खुट्टा, नाङ्गो शरीर गरिब र बाख्राका गोठालाहरू अग्लो-अग्लो महलहरू निर्माण गर्नमा गर्व गर्नेछन् ।” त्यसपछि ती व्यक्ति प्रस्थान गरे । केही क्षणपछि पगम्बर स. ले मलाई सोध्नुभयो: ए उमर ! “तिमीलाई थाहा छ यो प्रश्न सोध्ने व्यक्ति को थिए?" मैले भने अल्लाह र उहाँको रसूल राम्ररी जान्नुहुन्छ । उहाँले ले भन्नुभयो : उनी जिब्रील थिए, तिमीहरूलाई तिम्रो धर्म सिकाउन आएका थिए ।”
सही मुस्लिमले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनेः “हे अल्लाहका रसूल! धनी मानिसहरूले त पुण्यका सबै अवसरहरूमा अघि बढिसके। उनीहरूले पनि हामीले जस्तै नमाज पढ्छन्, हामीले जस्तै रोजा राख्छन्, तर उनीहरू आफ्ना अतिरिक्त सम्पत्तिबाट दान पनि गर्छन्।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।” सहाबाहरूले भनेः “हे अल्लाहका दूत! हामीमध्ये कसैले आफ्नो इच्छा (कामवासना) पूरा गर्दा पनि उसलाई पुण्य मिल्छ र?” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “तिमीहरू के भन्छौ, यदि उसले त्यो इच्छा हराम (अवैध) तरिका बाट पूरा गरेको भए, के उसमाथि पाप हुन्छ ? ठीक त्यसैगरी जब उसले यसलाई हलाल (वैध) बाट पूरा गर्छ, उसलाई त्यसमा पुण्य मिल्छ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।"
इमाम नववीले भनेका छन्ः हसन हदीस इब्ने माजा र अन्यले पनि हसन सनदहरूका साथ वर्णन गरेका छन्
"(सम्पत्तिको) निर्धारित हिस्साहरू त्यसका हकदारहरूलाई प्रदान गर, त्यसपछि बाँकी रहेको सम्पत्ति सबैभन्दा निकटतम पुरुष उत्तराधिकारीको हुन्छ।"
सही मुत्तफकुन अलैहि
"निस्सन्देह अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू निषेध गर्नुभएको छ ।" सोधियो : हे अल्लाहका रसूल! मरेका जनावरको बोसोलाई मानिसहरूले डुङ्गामा लगाउँछन्, छालामा लगाउँछन् र मानिसहरूले दियो बाल्न प्रयोग गर्छन् । त्यसको बारेमा हजुर के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "होइन, त्यो पनि हराम हो ।" त्यस समयमा उहाँले भन्नुभयो: "अल्लाहले यहूदीहरूलाई नष्ट गरून्, जब अल्लाहले उनीहरूका लागि बोसोलाई निषेध गर्नुभयो, तब तिनीहरूले यसलाई पगाले, त्यसपछि बेचे र त्यसको पैसा खाए ।"
सही मुत्तफकुन अलैहि
"दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।" अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) भन्ने गर्नु हुन्थ्यो " साँझ भयो भने बिहानको पर्खाइमा नबस र यदि बिहान भयो भने साँझ पर्ने प्रतीक्षा नगर । आफ्नो स्वास्थयबाट बिमारीको र आफ्नो जिन्दगीबाट मृत्युका लागि तयारी गरेर राख ।"
सही बुखारीले वर्णन गरेका छन्
"हे बालक! म तिमीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँदैछु: अल्लाहको (आदेशहरूको) रक्षा गर, उहाँले तिम्रो रक्षा गर्नुहुनेछ। तिमी उहाँ (का आदेशहरू) लाई मान, तिमीले उहाँलाई आफ्नो सामुन्ने पाउनेछौ। जब तिमीलाई केही माग्नुपर्ने हुन्छ तब अल्लाहसँग मात्र माग। जब तिमीलाई सहायता चाहिन्छ तब अल्लाहसँगै मात्र सहायता माग। यो कुरा पनि जानी राख कि यदि समस्त मानवजाति तिमीलाई कुनै लाभ पुर्‍याउन एकजुट भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र लाभ पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो लागि लेखिदिनुभएको छ र यदि उनीहरू सबै तिमीलाई हानि पुर्‍याउन एकत्रित भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र हानि पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको छ। भाग्य लेख्ने कलमहरू रोकिसकेका छन् र (भाग्यका) पानाहरू सुकिसकेका छन्।"
सही तिर्मिजी र अरूले पनि वर्णन गरेका छन्