Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

1 of 683 cards

Clear filters

Narrator

Show all narrators (35)
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तिमीले मसित ठूलो कुराको बारेमा सोधेको छौ र यो त्यसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाहले सहज बनाइदिनुहुन्छ: अल्लाहको उपासना गर र उहाँसँग कसैलाई साझेदार नबनाऊ। नमाज कायम गर, जकात देऊ, रमजान महिनाको रोजा (व्रत) बस र बैतुल्लाह (काबा) को हज गर।" फेरि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "के म तिमीलाई भलाइ (कल्याण) का ढोकाहरूको बारेमा नबताऊँ? रोजा ढाल हो र दानले पापहरूलाई त्यसरी नै मेटाइदिन्छ, जसरी पानीले आगोलाई निभाउँछ। त्यसैगरी, मानिसले रातमा पढ्ने नमाज ।" त्यसपछि उहाँ ले यो आयत पढ्नुभयो: "तिनीहरू (रात्रीको समयमा) आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना पालनकर्तालाई भय एवं आशाका साथ पुकार्छन् र हामीले प्रदान गरेका कुराहरूबाट खर्च गर्छन्। अनि कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गर्ने कर्मको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने कस्तो कुरा लुकाएर राखिएको छ।" (सुरह सज्दा, १६-१७)। फेरि उहाँले भन्नुभयो, "के म तिमीलाई धर्मको मूल आधार, केन्द्रिय स्तम्भ र त्यसको सर्वोच्च शिखरको बारेमा नबताऊँ?" मैले भनेँ, 'अवश्य बताइदिनुहोस्, हे अल्लाहका रसूल!' उहाँले भन्नुभयो, "धर्मको मूल आधार इस्लाम (समर्पित गर्नु) हो, यसको केन्द्रिय स्तम्भ नमाज हो र यसको सर्वोच्च शिखर 'जिहाद' हो।" त्यसपछि उहाँले भन्नुभयो, "के म तिमीलाई यी सबै कुराको सार नबताऊँ?" मैले भनेँ, 'अवश्य बताइदिनुहोस्, हे अल्लाहका रसूल!' उहाँले आफ्नो जिब्रो समातेर भन्नुभयो, "यसलाई नियन्त्रणमा राख।" मैले सोधेँ, 'हे अल्लाहका नबी! के हामी बोलेका कुराहरू प्रति पनि जवाफदेह हुनेछौं?' उहाँले भन्नुभयो, "हे मुआज! तिम्रो आमाले तिमीलाई गुमाओस्! (यो अरबी भाषामा सावधान गराउन भनिन्छ) मानिसहरूलाई उनीहरूको अनुहार वा नाकद्वारा घिसारेर आगोमा फ्याँकिनुको कारण उनीहरूको जिब्रो (बोली) नै त हो।"
सही तिर्मीजीले वर्णन गरेका छन्