Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

42 of 683 cards

Clear filters
"निश्चय नै अल्लाहले हरेक कुरामा सद्भावना (इह्सान) अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई (मृत्युदण्ड आदि कारणले) मार्छौ तब त्यसलाई राम्रो र सहज तरिकाले मार्नु, जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर्नु, तिमीहरूले जनावरलाई वध गर्नुअघि चक्कु धारिलो बनाउनुपर्छ र वध गरिने जनावरलाई सहजतापूर्वक वध गर्नुपर्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्। मुस्लिम मुस्लिमको दाजुभाई हो; उसले उसमाथि अन्याय गर्दैन, बेसाहारा छोड्दैन र तुच्छ ठान्दैन। उहाँले आफ्नो छातीतिर तीन पटक इशारा गर्दै भन्नुभयो : तक्वा अर्थात् ईशभय/निष्ठा यहाँ हुन्छ। कुनै पनि व्यक्तिलाई खराब हुनका लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठानोस्। हरेक मुस्लिमको रगत, सम्पत्ति र इज्जत अर्को मुस्लिममाथि पूर्ण रूपमा निषेधित/ हराम छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो"।
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले भन्नुहुन्छ : जसले मेरो 'वली' (असल भक्त) प्रति शत्रुता राख्छ, म उसकै विरुद्ध युद्धको घोषणा गर्छु। मेरा भक्तहरूले मेरो सामीप्य प्राप्त गर्ने कार्यहरूमध्ये, मैले उनीहरूमाथि अनिवार्य (फर्ज) गरेका कार्यहरू नै मलाई सबैभन्दा प्रिय छन्। जब मेरो भक्त थप 'नफ़ील' (स्वैच्छिक उपासना) मार्फत मेरो नजिक हुने प्रयास गर्छ, तब म उसलाई माया गर्न थाल्छु। जब म उसलाई माया गर्छु, म उसको कान (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) सुन्छ; म उसको आँखा (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) देख्छ; म उसको हात (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) पक्रन्छ; र म उसको पाइलाहरू (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुराको लागि) हिँड्छ। यदि उसले मसँग माग्छ भने, म उसलाई अवश्य दिन्छु; र यदि उसले मसँग शरण माग्छ भने, म उसलाई अवश्य शरण दिन्छु।"
सही बुखारीले वर्णन गरेका छन्
"धर्म भनेको निष्ठा हो," हामीले सोध्यौं, "कसको लागि ?" उहाँले उत्तर दिनुभयो, "अल्लाहप्रति, उहाँको किताबप्रति, उहाँका रसूलप्रति, मुस्लिम शासकहरू प्रति र सम्पूर्ण मुस्लिमहरूप्रति।"
सही मुस्लिमले वर्णन गरेका छन्
"स्तनपानले ती नाताहरूलाई हराम (निषेध) बनाउँछ, जुन जन्मद्वारा (रगतको सम्बन्धले) हराम हुन्छन्।"
सही मुत्तफकुन अलैहि
"अल्लाहसँग डराउनु र आफ्ना शासकको आज्ञा सुन्नु र पालन गर्नु, चाहे तिम्रो शासक एक कालो दास नै किन नहोस्। मेरो पछि तिमीहरूले ठूलो मतभेद देख्नेछौ। त्यस्तो अवस्थामा मेरो सुन्नत र सही मार्गमा हिँड्ने खलीफाहरूको सुन्नतको अनुसरण गर्नु। यसलाई बंगराको दाँतले समाते झैँ दृढतापूर्वक समात्नु। धर्मको नाममा चल्ने नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने अप्रमाणित कुरा) भ्रम र पथभ्रष्टता हो।"
सही अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्