Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

10 of 683 cards

Clear filters
अल्लाहको सन्देष्टा रसूल अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ: "मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक बित्ता) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हात) जान्छु। यदि ऊ मेरो नजिक एक हात आउँछ भने, म उसको नजिक एक बाअ (दुई हात) जान्छु। ऊ मतिर हिंड्दै आउँछ, म उसकोतिर दौडँदै आउँछु।"
सही मुत्तफकुन अलैहि
"सात प्रकारका मानिसहरूलाई अल्लाहले त्यस दिन आफ्नो छाया प्रदान गर्नुहुनेछ, जुन दिन उहाँको छायाबाहेक अरू कुनै छाया हुनेछैन: १. न्यायपूर्ण शासक। २. त्यो युवा जसको जीवन र हुर्काइ अल्लाहको उपासनामा व्यतीत भयो। ३. त्यो व्यक्ति जसको हृदय मस्जिदसँग जोडिएको हुन्छ। ४. ती दुई व्यक्तिहरू जसले अल्लाहकै लागि एकअर्कालाई प्रेम गर्छन्, यसैका लागि भेला हुन्छन् र यसैका लागि छुट्टिन्छन्। ५. त्यो व्यक्ति जसलाई उच्च पद र सौन्दर्य भएकी कुनै महिलाले कुत्सित उद्देश्यका लागि आमन्त्रण गर्छिन्, तर उसले भन्छ: 'म अल्लाहसँग डराउँछु।' ६. त्यो व्यक्ति जसले यसरी गोप्य रूपमा दान गर्छ कि उसको देब्रे हातलाई समेत थाहा हुँदैन कि दाहिने हातले के खर्च गर्‍यो। ७. त्यो व्यक्ति जसले एकान्तमा अल्लाहको स्मरण (जिक्र) गर्छ, र उसका आँखाहरूबाट आँसु बग्छन्।"
सही मुत्तफकुन अलैहि