Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
सही मुत्तफकुन अलैहि
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले नै तिम्रो सृष्टि गर्नुभएको हो ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "तिर्मो सन्तानले तिमीसँगै खाने डरले उसको हत्या गर्नु ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "आफ्नो छिमेकीकी पत्नीसँग जि़ना (व्यभिचार) गर्नु ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा कुरा भन्नुभयो र मैले पनि एउटा कुरा भन्छु। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जो व्यक्ति अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ ।" मैले भन्छु: जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
सही मुत्तफकुन अलैहि
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा जम्मा गरिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"
सही मुत्तफकुन अलैहि
एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-कर्महरूप्रति जवाफदेह हुनेछौं? उहाँले भन्नुभयो: " जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"
सही मुत्तफकुन अलैहि