Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

23 of 683 cards

Clear filters
"सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।"
सही पहिलो हदीसलाई इमाम मुस्लिमले वर्णन गरेका छन् र दोस्रो हदीसलाई इमाम अहमद र दारमीले वर्णन गरेका छन्
"तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्‍याउँछ र धार्मिकताले स्वर्गमा पुर्‍याउँछ। मानिस निरन्तर सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘सिद्दीक’ (सत्यवादी) लेखिन्छ। तिमीहरू झूटबाट बच, किनकि झूटले पापको बाटो देखाउँछ र पापले नरकमा लैजान्छ। मानिस निरन्तर झूट बोल्छ र झूटमै लागिरहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘झूटा’ लेखिन्छ।"
सही मुत्तफकुन अलैहि
"बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"
सही मुत्तफकुन अलैहि
"जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"निश्चय नै अल्लाहले हरेक कुरामा सद्भावना (इह्सान) अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई (मृत्युदण्ड आदि कारणले) मार्छौ तब त्यसलाई राम्रो र सहज तरिकाले मार्नु, जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर्नु, तिमीहरूले जनावरलाई वध गर्नुअघि चक्कु धारिलो बनाउनुपर्छ र वध गरिने जनावरलाई सहजतापूर्वक वध गर्नुपर्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्। मुस्लिम मुस्लिमको दाजुभाई हो; उसले उसमाथि अन्याय गर्दैन, बेसाहारा छोड्दैन र तुच्छ ठान्दैन। उहाँले आफ्नो छातीतिर तीन पटक इशारा गर्दै भन्नुभयो : तक्वा अर्थात् ईशभय/निष्ठा यहाँ हुन्छ। कुनै पनि व्यक्तिलाई खराब हुनका लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठानोस्। हरेक मुस्लिमको रगत, सम्पत्ति र इज्जत अर्को मुस्लिममाथि पूर्ण रूपमा निषेधित/ हराम छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
एकजना मानिस नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मेरो सवारी मरेको छ, त्यसैले मलाई सवारीको लागि एउटा जनावर दिनुहोस् । उहाँले भन्नुभयो: "मसँग कुनै जनावर छैन ।" यो सुनेर एक व्यक्तिले भने: हे अल्लाहका रसूल ! म उसलाई एक व्यक्तिको बारेमा बताउन सक्छु, जसले उसलाई सवारी दिनेछ । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्