عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Narrator
Show all narrators (11)
"हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले कुनै यस्तो सभाबाट निस्किन्छ जसमा अल्लाहको जिक्र गरेको छैन भने तिनीहरू त्यो सभाबाट मरेको गधाको लाशजस्तो निस्किन्छन् र यो उनीहरूका लागि पछुतोको कारण बन्छ।"
सही अबू दाऊदले वर्णन गरेका छन्
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ, मुअज्जिनले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ र उसले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ । मुअज्जिनले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ र उसले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (हय्य अलस्सलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ, त्यसपछि मुअज्जिनले (हय्य अलल्फलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (अल्लाहू अक्बर, अल्लाहू अक्बर) भन्छ र उसले (अल्लाहू अक्बर, अल्लाहु अक्बर) भन्छ । त्यसपछि मुअज्जिनले (ला इलाह इल्लल्लाह) भन्छ र उसले साँचो हृदयले (ला इलाह इल्लल्लाह) भन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
सही मुस्लिमले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनेः “हे अल्लाहका रसूल! धनी मानिसहरूले त पुण्यका सबै अवसरहरूमा अघि बढिसके। उनीहरूले पनि हामीले जस्तै नमाज पढ्छन्, हामीले जस्तै रोजा राख्छन्, तर उनीहरू आफ्ना अतिरिक्त सम्पत्तिबाट दान पनि गर्छन्।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।” सहाबाहरूले भनेः “हे अल्लाहका दूत! हामीमध्ये कसैले आफ्नो इच्छा (कामवासना) पूरा गर्दा पनि उसलाई पुण्य मिल्छ र?” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “तिमीहरू के भन्छौ, यदि उसले त्यो इच्छा हराम (अवैध) तरिका बाट पूरा गरेको भए, के उसमाथि पाप हुन्छ ? ठीक त्यसैगरी जब उसले यसलाई हलाल (वैध) बाट पूरा गर्छ, उसलाई त्यसमा पुण्य मिल्छ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ, उसले इस्माइल (अलैहिस्सलाम) को सन्तानबाट चार दासहरूलाई मुक्त गरे बराबर पुण्य पाउँछ ।
सही मुत्तफकुन अलैहि
“अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मक्का जाने बाटोमा हिँडिरहनुभएको थियो। बाटोमा 'जुम्दान' नामक एउटा पहाड देखा पर्यो। तब उहाँले भन्नुभयो, ‘तिमीहरू अघि बढ, यो जुम्दान हो। एकल उपासकहरूले अग्रता लिइसके।’ मानिसहरूले सोधे, ‘हे अल्लाहका रसूल! एकल उपासकहरू भनेको को हुन्?’ उहाँले जवाफ दिनुभयो, ‘अल्लाहलाई धेरै सम्झने पुरुष र महिलाहरू
सही मुस्लिमले वर्णन गरेका छन्