Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

10 of 683 cards

Clear filters
"जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"
सही मुत्तफकुन अलैहि
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो कुरानकाे तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले यसो गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।
सही मुस्लिमले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्, तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । त्यसपछि उसले फेरि पाप गर्यो र भन्यो: हे मेरो पालनकर्ता, मेरो पापहरू क्षमा गर्नुहोस्! तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । [हे मेरा उपासक] तिमी जे चाहन्छौ गर, मैले तिमीलाई क्षमा गरें ।”
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना सहाबाहरू (साथीहरू) को समूहमा आउनुभयो र सोध्नुभयो: "तिमीहरू यहाँ किन बसिरहेका छौ?" सहाबाहरूले जवाफ दिए: "हामी यहाँ अल्लाहको स्मरण गर्न र उहाँको प्रशंसा गर्न बसेका हौँ, जसले हामीलाई इस्लामको मार्गदर्शन दिनुभयो र हामीलाई इस्लाम (जस्तो धर्म) प्रदान गर्नुभयो।" उहाँले भन्नुभयो: "कसम खाएर भन, के तिमीहरू साँच्चै यही उद्देश्यका लागि बसिरहेका छौ?" उनीहरूले भने: "अल्लाहको कसम, हामी यही उद्देश्यका लागि बसेका हौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।"
सही मुस्लिमले वर्णन गरेका छन्
"हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"
सही मुस्लिमले वर्णन गरेका छन्
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ, मुअज्जिनले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ र उसले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ । मुअज्जिनले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ र उसले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (हय्य अलस्सलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ, त्यसपछि मुअज्जिनले (हय्य अलल्फलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (अल्लाहू अक्बर, अल्लाहू अक्बर) भन्छ र उसले (अल्लाहू अक्बर, अल्लाहु अक्बर) भन्छ । त्यसपछि मुअज्जिनले (ला इलाह इल्लल्लाह) भन्छ र उसले साँचो हृदयले (ला इलाह इल्लल्लाह) भन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
सही मुस्लिमले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनेः “हे अल्लाहका रसूल! धनी मानिसहरूले त पुण्यका सबै अवसरहरूमा अघि बढिसके। उनीहरूले पनि हामीले जस्तै नमाज पढ्छन्, हामीले जस्तै रोजा राख्छन्, तर उनीहरू आफ्ना अतिरिक्त सम्पत्तिबाट दान पनि गर्छन्।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।” सहाबाहरूले भनेः “हे अल्लाहका दूत! हामीमध्ये कसैले आफ्नो इच्छा (कामवासना) पूरा गर्दा पनि उसलाई पुण्य मिल्छ र?” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “तिमीहरू के भन्छौ, यदि उसले त्यो इच्छा हराम (अवैध) तरिका बाट पूरा गरेको भए, के उसमाथि पाप हुन्छ ? ठीक त्यसैगरी जब उसले यसलाई हलाल (वैध) बाट पूरा गर्छ, उसलाई त्यसमा पुण्य मिल्छ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्