Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

7 of 683 cards

Clear filters
"मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।"
सही मुत्तफकुन अलैहि
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र उसले सोध्यो: हे अल्लाहका रसूल! निश्चित रुपमा हुने दुई कुराहरू के हुन्? उहाँले जवाफ दिनुभयो: "जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सवारीमा पछाडि बसिरहेको मुआजलाई भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले तीन पटक यसरी बोल्नुभयो र त्यसपछि उहाँले भन्नुभयो: " जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ । उनले भने: हे अल्लाहको रसूल! के म अरूलाई यसको जानकारी दिऊ ताकि तिनीहरू खुसी होउन्? उहाँले भन्नुभयो: "त्यसो गर्दा तिनीहरू यसैमा भर पर्नेछन् ।" तर मुआज (रजियल्लाहु अन्हु) ले यो हदीस आफ्नो मृत्युको समयमा (ज्ञान लुकाउने) पापबाट बच्नको लागि सुनाए ।
सही मुत्तफकुन अलैहि
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: “हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहले प्रलयको दिन मेरो उम्मत (समुदाय) बाट एक जनालाई सबै मानिसहरूको अगाडि ल्याउनुहुनेछ र उसको अगाडि उसैको उनान्सय वटा कर्मपत्रहरू फैलाइनेछन् । प्रत्येक कर्मपत्र आँखाले हेर्न भ्याएसम्म लामो हुनेछ । तब अल्लाहले सोध्नुहुनेछ: के तिमी यी मध्ये कुनै कर्मपत्रलाई अस्वीकार गर्छौ? के कर्म लेख्न तैनाथ गरिएका फरिशताहरूले तिमीमाथि अन्याय गरेका छन्? उसले भन्नेछ: होइन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: के तिमीसँग कुनै बहाना छ? उसले भन्नेछ: छैन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: तर हामीसँग तिम्रो एउटा सत्कर्म छ, आज तिमीमाथि अन्याय हुनेछैन । त्यसपछि एउटा कार्ड निकालिनेछ जसमा "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्" लेखिएको हुनेछ। अल्लाहले भन्नुहुन्छ : जाऊ, आफ्नो कर्म तौलिने ठाउँमा उपस्थित होउ । उसले भन्नेछ: हे मेराे प्रभु! यी अभिलेखहरूको अगाडि यो कार्डको के महत्व ? अल्लाह भन्नुहुनेछ: तिमीमाथि अन्याय गरिने छैन । त्यसपछि ती सबै अभिलेखहरू तराजुको एक पात्रमा र त्यो कार्ड अर्को पात्रमा राखिनेछ ।र ती सबै अभिलेखहरूको पात्र हल्का हुनेछन् र त्यो कार्डको पात्र गह्रुङ्गो हुनेछ । हो, अल्लाहको नाम भन्दा धेरै वजनदार अरु केही हुनै सक्दैन ।"
सही तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
एउटा व्यक्ति पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन् ?" भनेर तीन पटक प्रश्न सोध्नुभयो । व्यक्तिले जवाफ दियो: हो (मैले गवाही दिन्छु), उहाँले भन्नुभयो: "यो गवाहीले यी पापहरूलाई मेटाउँछ ।"
सही अबू याअला, तबरानी ​​र जिया अल-मकदीसीले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काकालाई भन्नुभयो: " ‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु ।" यो सुनेर उनले भने: यदि कुरैशका मानिसहरूले मेरो उपहास गर्दै नभन्ने थिए कि म डरका कारण त्यसो गर्न बाध्य भएँ, त मैले यो वचन पढेर तिमीलाई खुसी पार्ने थिएँ । यसै सम्बन्धमा अल्लाहले यो आयत (श्लोक) अवतरण गर्नुभयो: {वास्तवमा, तपाईंले जसलाई चाहानुहुन्छ त्यसलाई सत्मार्गको मार्गदर्शन गर्न सक्नुहुन्न, तर अल्लाह जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।" [अल-कसस: ५६]}
सही मुस्लिमले वर्णन गरेका छन्