عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Show remaining sources
Narrator
Show all narrators (58)
"हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहुम्म लक अस्लम्तु, व बिक आमन्तु, व अलैक तवक्कल्तु, व इलैक अनब्तु, व बिक खासम्तु, अल्लाहुम्म इन्नी अऊजु बि इज्जतिक, ला इलाह इल्ला अन्त अन् तु जि़ल्लनी, अन्तल्-हैय्युल्लजी ला यमूतु, वल्-जिन्नो वल्-इन्सो यमुतून।" (अर्थ: हे अल्लाह! मैले तपाईंकै लागि इस्लाम स्वीकार गरेको छु, तपाईंमाथि नै आस्था राखेको छु, तपाईंमाथि नै भरोसा गरेको छु, तपाईंतर्फ नै फर्किएको छु, र तपाईंकै सहायताले तर्क-वितर्क (वा संघर्ष) गरेको छु। हे अल्लाह! तपाईंको महिमाको शरण लिँदै प्रार्थना गर्दछु कि मलाई पथभ्रष्ट हुनबाट जोगाउनुहोस्। तपाईंबाहेक कोही पनि सत्य उपास्य छैन। तपाईं सदा जीवित हुनुहुन्छ; तपाईंलाई कहिल्यै मृत्यु आउँदैन। जबकि समस्त जिन्न र मानवजातिको मृत्यु निश्चित छ।)
सही बुखारी र मुस्लिम दुवैले वर्णन गरेका छन् र यो शब्द मुस्लिमको हो, र यसलाई बुखारीले संक्षिप्त रूपमा वर्णन गरेका छन्
"निश्चय नै स्वर्गमा तिमीहरूमध्ये सबैभन्दा तल्लो स्थान पाउने व्यक्ति त्यो हुनेछ जसलाई अल्लाहले भन्नुहुनेछ: 'कामना गर।' अनि उसले कामना गर्नेछ र गर्दै जानेछ। त्यसपछि अल्लाहले उसलाई सोध्नुहुनेछ: 'के तिमीले कामना गरिसक्यौ?' उसले भन्नेछ: 'हो।' तब अल्लाहले भन्नुहुनेछ: 'तिमीले जेजतिको इच्छा गरेका छौ, ती सबै तिम्रा लागि हुन्, र त्यसका अतिरिक्त त्यति नै अरू पनि तिम्रा लागि हुन्।'"
सही मुस्लिमले वर्णन गरेका छन्
मैले रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) लाई भलाइ (पुण्य) र पापको बारेमा सोधेँ। उहाँले भन्नुभयो: «पुण्य भनेको उच्च व्यवहार हो र पाप भनेको जुन कुरा तिम्रो मनमा सङ्का पैदा गर्छ र तिमी चाहँदैनौ कि मानिसहरूले त्यसलाई थाहा पाउन»।
सही मुस्लिमले वर्णन गरेका छन्
"विद्वानहरूसँग बहस गर्न र अज्ञानीहरूसँग वाद-विवाद गर्न र सभाहरूमा प्रमुख पद प्राप्त गर्नको लागि ज्ञान प्राप्त नगर्नुहोस्, जसले यसो गर्छ, उसको वासस्थान आगो (नर्क) हुनेछ ।"
सही इब्ने माजहले वर्णन गरेका छन्
" मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन ।तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छन् (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान होउ, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"
सही मुत्तफकुन अलैहि
"हे अबू सईद! जो व्यक्ति अल्लाहलाई आफ्नो पालनकर्ता, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहकको रूपमा स्वीकार गरी पूर्ण रूपमा सन्तुष्ट भयो, उसको लागि स्वर्ग अनिवार्य भयो।" अबू सईदलाई यो कुराले आश्चर्य लाग्यो र उहाँले अनुरोध गर्नुभयो: "हे अल्लाहका रसूल! यो कुरा पुनः दोहोर्याइदिनुहोस्।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसै गर्नुभयो। त्यसपछि उहाँले भन्नुभयो: "र अर्को एउटा यस्तो माध्यम छ, जसद्वारा भक्तलाई स्वर्गमा सयौँ स्तर माथि चढाइनेछ, जहाँ प्रत्येक दुई स्तरको बीचमा आकाश र पृथ्वीको बीचमा भए जति दुरी हुनेछ।" अबू सईदले सोध्नुभयो: "हे अल्लाहका रसूल! त्यो के हो?" उहाँले भन्नुभयो: "अल्लाहको मार्गमा जिहाद गर्नु, अल्लाहको मार्गमा जिहाद गर्नु।"
सही मुस्लिमले वर्णन गरेका छन्