Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

94 of 683 cards

Clear filters
"तहारत (पवित्रता) ईमानको आधा भाग हो। "अल्हम्दुलिल्लाह" (अल्लाहको प्रशंसा) ले सुकर्मको तराजुलाई पूर्ण रूपमा भर्छ। "सुब्हानल्लाह" र "अल्हम्दुलिल्लाह" यी दुवै पवित्र शब्दहरूले आकाशदेखि पृथ्वीसम्मको विशाल अन्तरिक्षलाई परिपूर्ण गरिदिन्छन्। सलाह (नमाज) एक ज्योति हो। सदकह (दान) को प्रमाण हो। धैर्यता किरण हो र कुरान तपाईंको पक्ष वा विपक्षमा प्रमाण स्वरूप रहन्छ। प्रत्येक व्यक्तिले प्रत्येक दिन (परिश्रम गरी) एक प्रकारको सौदा गर्दछ—कि त उसले आफूलाई नर्कबाट मुक्त गर्दछ अथवा विनाशतर्फ धकेल्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"कुनै पनि मुस्लिमलाई कुनै दुःख वा संकट आइपर्दा यदि उसले अल्लाहको आदेश अनुसार यसो भन्दछ: {इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन} (निश्चय नै हामी अल्लाहकै हौँ र हामी उहाँतर्फ नै फर्किएर जानेछौँ), {अल्लाहुम्म अजुर्नी फी मुसीबती, व अख्लिफ ली खैरम् मिन्हा} ("हे अल्लाह! मेरो यस विपत्तिमा मलाई प्रतिफल प्रदान गर्नुहोस् र मलाई यसभन्दा उत्तम विकल्प दिनुहोस्"), भने अल्लाहले अवश्य नै उसलाई त्यसभन्दा श्रेष्ठ विकल्प प्रदान गर्नुहुनेछ।" उम्मे सलमा (रजियल्लाहु अन्हा) ले भन्नुहुन्छ: जब अबु सलमा (मेरो पति) को देहान्त भयो, मैले मनमनै सोचेँ: ‘मुस्लिमहरूमध्ये अबु सलमाभन्दा उत्तम व्यक्ति को हुन सक्छ र? उहाँ नै पहिलो परिवारमध्ये हुनुहुन्थ्यो, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तर्फ बसाइँ सर्नुभएको थियो।’ तैपनि मैले उक्त दुआ (प्रार्थना) पढेँ। त्यसपछि अल्लाहले मलाई उहाँको सट्टामा स्वयं रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रदान गर्नुभयो।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहुम्म लक अस्लम्तु, व बिक आमन्तु, व अलैक तवक्कल्तु, व इलैक अनब्तु, व बिक खासम्तु, अल्लाहुम्म इन्नी अऊजु बि इज्जतिक, ला इलाह इल्ला अन्त अन् तु जि़ल्लनी, अन्तल्-हैय्युल्लजी ला यमूतु, वल्-जिन्नो वल्-इन्सो यमुतून।" (अर्थ: हे अल्लाह! मैले तपाईंकै लागि इस्लाम स्वीकार गरेको छु, तपाईंमाथि नै आस्था राखेको छु, तपाईंमाथि नै भरोसा गरेको छु, तपाईंतर्फ नै फर्किएको छु, र तपाईंकै सहायताले तर्क-वितर्क (वा संघर्ष) गरेको छु। हे अल्लाह! तपाईंको महिमाको शरण लिँदै प्रार्थना गर्दछु कि मलाई पथभ्रष्ट हुनबाट जोगाउनुहोस्। तपाईंबाहेक कोही पनि सत्य उपास्य छैन। तपाईं सदा जीवित हुनुहुन्छ; तपाईंलाई कहिल्यै मृत्यु आउँदैन। जबकि समस्त जिन्न र मानवजातिको मृत्यु निश्चित छ।)
सही बुखारी र मुस्लिम दुवैले वर्णन गरेका छन् र यो शब्द मुस्लिमको हो, र यसलाई बुखारीले संक्षिप्त रूपमा वर्णन गरेका छन्
"निश्चय नै स्वर्गमा तिमीहरूमध्ये सबैभन्दा तल्लो स्थान पाउने व्यक्ति त्यो हुनेछ जसलाई अल्लाहले भन्नुहुनेछ: 'कामना गर।' अनि उसले कामना गर्नेछ र गर्दै जानेछ। त्यसपछि अल्लाहले उसलाई सोध्नुहुनेछ: 'के तिमीले कामना गरिसक्यौ?' उसले भन्नेछ: 'हो।' तब अल्लाहले भन्नुहुनेछ: 'तिमीले जेजतिको इच्छा गरेका छौ, ती सबै तिम्रा लागि हुन्, र त्यसका अतिरिक्त त्यति नै अरू पनि तिम्रा लागि हुन्।'"
सही मुस्लिमले वर्णन गरेका छन्
मैले रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) लाई भलाइ (पुण्य) र पापको बारेमा सोधेँ। उहाँले भन्नुभयो: «पुण्य भनेको उच्च व्यवहार हो र पाप भनेको जुन कुरा तिम्रो मनमा सङ्का पैदा गर्छ र तिमी चाहँदैनौ कि मानिसहरूले त्यसलाई थाहा पाउन»।
सही मुस्लिमले वर्णन गरेका छन्