Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

94 of 683 cards

Clear filters
"मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]
सही मुत्तफकुन अलैहि
"जसले निष्कपट हृदयले अल्लाहसँग शहादत (धर्मको लागि जीवन उत्सर्ग) प्राप्त गर्न प्रार्थना गर्छ, अल्लाहले उसलाई शहीदहरूकै दर्जामा पुर्‍याउनुहुन्छ; चाहे उसको मृत्यु आफ्नै ओछ्यानमा नै किन नहोस्।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
सही मुस्लिमले वर्णन गरेका छन्
"सात घातक कुराहरूबाट सावधान रहनुहोस् "। साथीहरूले सोधे: हे अल्लाहका रसूल! तिनीहरू के हुन? उहाँले भन्नुभयो: “अल्लाहसँग शिर्क गर्ने (साझेदार बनाउने), जादु गर्ने, अल्लाहले निषेध गरेको प्राणीलाई अन्यायपूर्ण ढंगले हत्या गर्ने, ब्याज लेनदेन गर्ने, अनाथको सम्पत्ति खाने, युद्धको मैदानबाट भाग्ने र स्वच्छर निर्दोष आस्थावान, सोझो महिलाहरूमाथि व्यभिचारको आरोप लगाउने ।"
सही मुत्तफकुन अलैहि
"एक पुकार्नेले पुकार्नेछ: तिमी सधैं स्वस्थ रहनेछौ, तिमी कहिल्यै बिरामी पर्नेछैनौ। तिमी सधैं बाँच्नेछौ, तिमी कहिल्यै मर्ने छैनौ। तिमी सधैं जवान रहनेछौ, तिमी कहिल्यै बूढो हुनेछैनौ। तिमी सधैं आनन्दमा रहनेछौ, तिमी कहिल्यै समस्यामा पर्ने छैनौ।" यो कुरा अल्लाहको निम्न पदमा उल्लेख गरिएको छ: {तिनीहरूलाई बोलाइनेछ: यो त्यो स्वर्ग हो जसको उत्तराधिकारी तिमीहरूले गरेका कर्महरूको कारणले बनाइएको हो।} [सुरह आराफ ४३]
सही मुस्लिमले वर्णन गरेका छन्
"न त रोग आफैँ सर्छ, न कुनै अशुभ शकुन हुन्छ, न 'हामा' (उल्लू अशुभ हुने विश्वास) को कुनै प्रभाव हुन्छ, न 'सफर' महिना अशुभ हुन्छ, र कुष्ठरोगीबाट यसरी टाढा भाग जसरी सिंहबाट भाग्छौ।"
सही मुत्तफकुन अलैहि
"निःसन्देह, त्यो व्यक्ति सफल भयो, जसले इस्लाम स्वीकार गर्‍यो, जसलाई आवश्यकता अनुसार पर्याप्त जीविका प्रदान गरियो र अल्लाहले उसलाई जे-जति प्रदान गर्नुभएको छ, त्यसमा नै उसलाई सन्तुष्ट बनाइदिनुभयो।"
सही मुस्लिमले वर्णन गरेका छन्
"असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो । अत्तर बेच्ने व्यक्तिले तपाईंलाई अत्तर उपहार दिन सक्छ, वा तपाईंले उसबाट किन्न सक्नुहुन्छ, वा (कम्तीमा) तपाईंलाई उसबाट मिठो बास्ना त आउँछ। तर भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउन सक्छ, वा (कम्तीमा) तपाईंलाई त्यहाँबाट नराम्रो गन्ध आउनेछ।"
सही मुत्तफकुन अलैहि