Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

94 of 683 cards

Clear filters
"मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभए पछि बिहान उठ्दा उसले भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।" "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा गरिनेछ, ती व्यक्तिहरूबाहेक जसले सार्वजनिक रूपमा पापहरू गर्छन्। पाप सार्वजनिक गर्नुको अर्थ यो हो कि कुनै व्यक्तिले रातको समयमा कुनै पाप गर्छ र अल्लाहले उसको पापलाई कसैलाई थाहा लाग्न दिनुहुन्न, (तर) ऊ बिहान उठेर भन्छ: 'हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें।' यसरी अल्लाहले ढाकिदिनुभएको पापको आवरण उसले आफैँले च्यातिदिन्छ।"
सही मुत्तफकुन अलैहि
“अल्लाह (ईश्वर) ले रातको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेहरूले पश्चात्ताप (तौबा) गर्न सकून्, र दिनको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेहरूले पश्चात्ताप गर्न सकून्। यो (क्षमाको) क्रम तबसम्म जारी रहन्छ, जबसम्म सूर्य पश्चिम दिशाबाट उदाउँदैन 1।”
सही मुस्लिमले वर्णन गरेका छन्
"हे अल्लाह! मेरा पापहरू, मेरो अज्ञानता, मेरा सबै कर्महरूमा भएका अपराधहरू र तपाईंलाई मभन्दा बढी थाहा भएका सबै कुराहरू क्षमा गर्नुहोस्। हे अल्लाह! मेरा पापहरू, मैले जानेर गरेको, अनजानमा गरेको र मजाकमा गरेको सबै कुराहरू क्षमा गर्नुहोस्। यो सबै मैले गरेको हो। हे अल्लाह! मेरा विगतका र भविष्यका पापहरू, मेरा गोप्य र मेरा सार्वजनिक पापहरू क्षमा गर्नुहोस्। तपाईं नै अगाडि ल्याउने र तपाईं नै पछाडि ल्याउने हुनुहुन्छ र तपाईं नै सबै कुरामाथि शक्तिवान हुनुहुन्छ।"
सही मुत्तफकुन अलैहि
“तिमीहरूमध्ये कसैले पनि (प्रार्थना गर्दा) यसो नभन्नू: ‘हे अल्लाह! यदि तपाईंको इच्छा छ भने मलाई क्षमा गर्नुहोस्; यदि तपाईं चाहनुहुन्छ भने ममाथि दया गर्नुहोस्; र यदि तपाईं चाहनुहुन्छ भने मलाई जीविका (रोजगारी) प्रदान गर्नुहोस्।’ बरु, उसले आफ्ना मागहरू पूर्ण दृढता एवं निश्चित रुपमा माग्नु पर्दछ; किनभने अल्लाहले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ र उहाँलाई बाध्य पार्ने कोही छैन।”
सही मुत्तफकुन अलैहि
"जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था।" तर यदि त्यो व्यक्तिले घर प्रवेश गर्दा अल्लाहको नाम लिँदैन भने, शैतानले आफ्ना साथीहरूलाई भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ भेट्टायौ।" र यदि खाना खाँदा पनि अल्लाहको नाम लिँदैन भने, शैतानले भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ र खाना दुवै भेट्टायौ।"
सही मुस्लिमले वर्णन गरेका छन्
एक गाउँले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मलाई केही जिक्र (प्रार्थना) हरू सिकाउनुहोस्, जुन म पढ्न सकूँ । उहाँले भन्नुभयो : “भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।" उसले भन्यो: यी शब्दहरू त मेरा पालनकर्ताका लागि भए, अनि मेरो लागि चैँ? उहाँले भन्नुभयो: "भन:(अल्लाहुम्मग्-फिर्ली, वर्-हम्नी, वह्दिनी वर्जुक्नी) ।"
सही मुस्लिमले वर्णन गरेका छन्
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभयो: {हे रसूल (सन्देष्टाहरू) हो, पवित्र चिजहरू खाऊ र सत्कर्म गर, निस्सन्देह, तपाईँहरू जे गर्नु हुन्छ म सबै जान्दछु।} (अल-मुमिनुन: ५१) उहाँले भन्नुभयो: {हे इमान वालाहरू हो, हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरू मध्ये खाऊ। [अल-बकारा: 172] त्यसपछि उहाँले एक व्यक्तिको बारेमा उल्लेख गर्नुभयो, जो लामो यात्रामा हुन्छ, उसका कपाल अस्तव्यस्त र शरीर धूलोले भरिएको हुन्छ। ऊ आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु, हे मेरो प्रभु!" तर उसको खानपान हराम छ, उसको पिउने चीज हराम छ, उसको लुगा हराम छ र उसको शरीर हरामबाट पोषित छ। यस्तो अवस्थामा, उसको दुआ कसरी स्वीकार गरिन्छ ?
सही मुस्लिमले वर्णन गरेका छन्
अल्लाहले भन्नुभएको छ: "मैले मेरा असल र सदाचारी भक्तहरूका लागि त्यस्ता सुख-सुविधाहरू तयार पारेको छु, जसलाई न त कुनै आँखाले देखेको छ, न कुनै कानले सुनेको छ, न त कुनै मानिसको हृदयमा त्यसको कल्पना नै आएको छ।" अबु हुरैराह (रदियल्लाहु अन्हु) ले भन्नुभयो: "यदि तिमीहरू चाहन्छौ भने (पुष्टिका लागि कुरआनको यो आयात) पढ: {र कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गरेका कर्महरूको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने (कस्ता-कस्ता सुख-सुविधाहरू) गोप्य राखिएका छन्।}" [सूरह अस्-सज्दा: १७]।
सही मुत्तफकुन अलैहि