Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
"निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।"
सही मुत्तफकुन अलैहि
"असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो । अत्तर बेच्ने व्यक्तिले तपाईंलाई अत्तर उपहार दिन सक्छ, वा तपाईंले उसबाट किन्न सक्नुहुन्छ, वा (कम्तीमा) तपाईंलाई उसबाट मिठो बास्ना त आउँछ। तर भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउन सक्छ, वा (कम्तीमा) तपाईंलाई त्यहाँबाट नराम्रो गन्ध आउनेछ।"
सही मुत्तफकुन अलैहि
"जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्ति जस्तै हो।" मुस्लिममा छ : "जुन घरमा अल्लाहलाई सम्झिन्छ र जुन घरमा अल्लाहलाई सम्झिँदैन त्यसको उदाहरण जीवित र मृतक जस्तै हो।"
सही मुत्तफकुन अलैहि
"हे अल्लाह! मेरा पापहरू, मेरो अज्ञानता, मेरा सबै कर्महरूमा भएका अपराधहरू र तपाईंलाई मभन्दा बढी थाहा भएका सबै कुराहरू क्षमा गर्नुहोस्। हे अल्लाह! मेरा पापहरू, मैले जानेर गरेको, अनजानमा गरेको र मजाकमा गरेको सबै कुराहरू क्षमा गर्नुहोस्। यो सबै मैले गरेको हो। हे अल्लाह! मेरा विगतका र भविष्यका पापहरू, मेरा गोप्य र मेरा सार्वजनिक पापहरू क्षमा गर्नुहोस्। तपाईं नै अगाडि ल्याउने र तपाईं नै पछाडि ल्याउने हुनुहुन्छ र तपाईं नै सबै कुरामाथि शक्तिवान हुनुहुन्छ।"
सही मुत्तफकुन अलैहि