Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

59 of 683 cards

Clear filters
"अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।"
सही बुखारीले वर्णन गरेका छन्
एकजना मानिस नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मेरो सवारी मरेको छ, त्यसैले मलाई सवारीको लागि एउटा जनावर दिनुहोस् । उहाँले भन्नुभयो: "मसँग कुनै जनावर छैन ।" यो सुनेर एक व्यक्तिले भने: हे अल्लाहका रसूल ! म उसलाई एक व्यक्तिको बारेमा बताउन सक्छु, जसले उसलाई सवारी दिनेछ । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, धेरै सराप दिने मानिसहरू कियामतको दिन न त साक्षी हुनेछन्, न त सिफारिसकर्ता (शफाअत गर्नेवाला) नै हुनेछन्।"
सही मुस्लिमले वर्णन गरेका छन्
"मुमिन (आस्थावान) व्यक्ति आरोप लगाउने, अपमान गर्ने, गालीगलौज गर्ने, अश्लील बोल्ने र असभ्य व्यवहार गर्ने हुँदैन।"
सही तिर्मीजीले वर्णन गरेका छन्
"निश्चय नै कियामतको दिन तिमीहरूमध्ये मेरा लागि सबैभन्दा प्रिय र बसाइको हिसाबले मेरो सबैभन्दा नजिक हुने व्यक्तिहरू ती हुन्, जो आचरणमा सर्वोत्तम छन्। र प्रलयको दिन तिमीहरूमध्ये मेरा लागि सबैभन्दा अप्रिय र बसाइको हिसाबले मभन्दा सबैभन्दा टाढा हुने व्यक्तिहरू धेरै बोल्नेहरू (थरथारुन), बङ्ग्याएर वा बनावटी रूपमा बोल्नेहरू (मुतशद्दिकुन) र 'मुतफैहिकुन' हुन्।" सहाबाहरूले सोधे: "हे अल्लाहका रसूल! हामीले धेरै बोल्नेहरू र बनावटी रूपमा बोल्नेहरूका बारेमा त थाहा पायौँ, तर यो 'मुतफैहिकुन' भनेका को हुन्?" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "घमण्डी वा अहङ्कारीहरू (मुतकब्बिरुन) हुन्।"
सही तिर्मीजीले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) न त अश्लील हुनुहुन्थ्यो न त फोहोरी कुरा गर्न वा नराम्रो भाषा प्रयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो: "तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।"
सही मुत्तफकुन अलैहि
"सात घातक कुराहरूबाट सावधान रहनुहोस् "। साथीहरूले सोधे: हे अल्लाहका रसूल! तिनीहरू के हुन? उहाँले भन्नुभयो: “अल्लाहसँग शिर्क गर्ने (साझेदार बनाउने), जादु गर्ने, अल्लाहले निषेध गरेको प्राणीलाई अन्यायपूर्ण ढंगले हत्या गर्ने, ब्याज लेनदेन गर्ने, अनाथको सम्पत्ति खाने, युद्धको मैदानबाट भाग्ने र स्वच्छर निर्दोष आस्थावान, सोझो महिलाहरूमाथि व्यभिचारको आरोप लगाउने ।"
सही मुत्तफकुन अलैहि