Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
"तिमीहरूमध्ये जोसँग विवाह गर्ने सामर्थ्य छ, उसले विवाह गरिहालोस्। किनकि विवाहले आँखालाई झुकाउने (अवैध दृष्टिबाट बचाउने) र लज्जास्थानलाई सुरक्षित राख्ने काम गर्छ। र जससँग सामर्थ्य छैन, उसले रोजा (व्रत) राखोस्। किनकि व्रतले यौन इच्छालाई कमजोर गर्छ ।"
सही मुत्तफकुन अलैहि
“तिमीहरू सबै जिम्मेवार छौँ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ । शासक, जसले मानिसहरूको नेतृत्व गर्छ, ऊ जिम्मेवार छ र उसलाई उसको प्रजाबारे सोधिनेछ । पुरुष आफ्नो घरपरिवारको जिम्मेवार छ र उससँग उसको मातहतको बारेमा सोधिनेछ । महिला आफ्नो पतिको घर र सन्तानको जिम्मेवार छिन् र उसलाई तिनीहरूको बारेमा सोधिनेछ । सेवक आफ्नो मालिकको सम्पत्तिको जिम्मेवार छ र उसलाई त्यसको बारेमा सोधिनेछ ।सचेत रहनुहोस्! तिमीहरु सबै जिम्मेवार छौँ र प्रत्येकले आफ्ना अधीनस्थहरूको बारेमा जवाफ दिनुपर्नेछ।"
सही मुत्तफकुन अलैहि
"कुनै पनि मुमिन पुरुषले मुमिन महिलालाई घृणा गर्नु हुँदैन । यदि उसलाई उसको एउटा गुण मन पर्दैन भने अन्य बानी मन पर्नेछ । " वा "अन्य" को सट्टा उहाँले "अर्को" शब्द भन्नुभयो ।
सही मुस्लिमले वर्णन गरेका छन्