Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

9 of 683 cards

Clear filters
कुनै पनि महिलाले दुई दिनको दूरीको यात्रा श्रीमान् वा महरम (विवाह गर्न नमिल्ने पुरुष नातेदार) बिना गर्नु हुँदैन। त्यसैगरी, ईद-उल-फित्र र ईद-उल-अज्हाको दिन रोजा(उपवास) बस्न निषेध गरिएको छ। यसका साथै, फज्रको नमाजपछि सूर्योदय नभएसम्म र अस्रको नमाजपछि सूर्यास्त नभएसम्म कुनै पनि अतिरिक्त नमाज पढ्नु हुँदैन। धार्मिक यात्रा केवल निम्न तीन मस्जिदहरूको लागि मात्र गर्न सकिन्छ: मस्जिद अल-हराम (मक्का), मस्जिद अल-अक्सा, र मेरो यो मस्जिद (मस्जिद अन-नबवी, मदिना)।
सही मुत्तफकुन अलैहि
"इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (हदीस वर्णनकर्ता अनुसार अब्दुल्लाह बिन अब्बासले उनको नाम भनेका थिए, तर वर्णन गर्नेले नै बिर्से) लाई सोध्नुभयो, : "तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको छ?" उनले जवाफ दिइन्: “हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरो श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई सिँचाइका कामका निम्ति हाम्रो लागि छोडेर गएका थिए।” यो सुनेर रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।”
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को 'तल्बिया' यस प्रकार थियो: "लब्बैक अल्लाहुम्मा लब्बैक्, लब्बैक ला शरीक लका लब्बैक्, इन्नल्-हम्दा वन्-निअ्मता लका वल्-मुल्क्, ला शरीक लक्।" अर्थ: "हे अल्लाह! म उपस्थित छु, म उपस्थित छु। तपाईंको कोही साझेदार छैन, म उपस्थित छु। निश्चय नै समस्त प्रशंसा तपाईंकै लागि हो, समस्त वरदान तपाईंबाटै प्राप्त हुन्छ र सम्पूर्ण साम्राज्य तपाईंकै हो। तपाईंको कोही साझेदार छैन।" वर्णनकर्ता भन्नुहुन्छ कि अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) यस पवित्र तल्बियामा यी शब्दहरू पनि थप गर्नुहुन्थ्यो: "लब्बैक लब्बैक, वसअ्दैक, वल्-खैरु बियदैक, लब्बैक, वर-रग्बा इलैक वल्-अमल्।" अर्थ: "म उपस्थित छु, म उपस्थित छु। म हजुरको आज्ञापालनद्वारा धन्य र भाग्यशाली छु, र समस्त कल्याण तपाईंकै हातमा छ। मेरा सम्पूर्ण इच्छाहरू तपाईंतर्फनै लक्षित छन् र मेरा समस्त कर्महरू पनि केवल तपाईंकै निम्ति समर्पित छन्।"
सही मुत्तफकुन अलैहि
"जोसँग कुर्बानी (वध) का लागि जनावर छ र उसले कुर्बानी गर्ने नियत राखेको छ, उसले जिल-हिज्जा महिनाको चन्द्रमा देखेपछि कुर्बानी नगर्दासम्म आफ्नो शरीरको कुनै पनि कपाल र नङ काट्नु हुँदैन।"
सही मुस्लिमले वर्णन गरेका छन्
उहाँ हज्रे अस्वदको नजिक आउनुभयो र त्यसलाई चुम्बन गर्नुभयो अनि भन्नुभयो: "मलाई थाहा छ, तिमी एउटा ढुङ्गा हौ, जसले न हानि गर्न सक्छ, न फाइदा नै। यदि मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई तिमीलाई चुम्बन गर्नुभएको नदेखेको भए, मैले तिमीलाई चुम्बन गर्ने थिइनँ।"
सही मुत्तफकुन अलैहि
"जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
सही मुत्तफकुन अलैहि
"इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्