Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

24 of 683 cards

Clear filters
मेरा परममित्र (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने, चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्ने ।
सही मुत्तफकुन अलैहि
"जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"
सही मुत्तफकुन अलैहि
"हामीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग सेहरी खाना खायौं, त्यसपछि नमाज पढ्न गयौं। अनसले भने: मैले उहाँलाई सोधें: अजान र सेहरी नमाजको बीचमा कति समय थियो? उहाँले जवाफ दिनुभयो: पचास आयतहरू पढ्ने बराबर समय।"
सही मुत्तफकुन अलैहि
"जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।"
सही मुत्तफकुन अलैहि
“तिमीहरूले सेहरी खाने गर, किनभने सेहरीमा बर्कत (आशिष एवं कल्याण) हुन्छ।”
सही मुत्तफकुन अलैहि
“नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दस दिनमा ‘इअ्तिकाफ’ (एकान्त उपासना) बस्ने गर्नुहुन्थ्यो; र उहाँको वफातपश्चात् उहाँका पवित्र पत्नीहरू (अजवाज-ए-मुताहरात) ले पनि इअ्तिकाफ बस्नुभयो।”
सही मुत्तफकुन अलैहि
"रमजान महिनाको अन्तिम दस दिनका बिजोर रातहरूमा 'लैलातुल कद्र' लाई भेट्टाउन प्रयास गर।"
सही मुत्तफकुन अलैहि
हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहेका थियौं, एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँधेर सोध्यो: तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ ? उहाँ आफ्ना साथीहरूसंग बसिरहनु भएको थियो । हामीले भन्यौं: यो अडेस लगाउनु भएको गोरो मान्छे उहाँ नै हुनुहुन्छ । उसले उहाँलाई सम्बोधन गर्यो : हे अब्दुल मुत्तालिबको छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: " हजुर, प्रश्न गर्नुहोस् म जवाफ दिनेछु ।" उसले रसूललाई भन्यो म तपाईंसँग केही प्रश्नहरू सोध्न जाँदैछु र म ती प्रश्नहरू प्रति कडा हुनेछु। त्यसैले आफ्नो हृदयमा मप्रति केही नराख्नु होला । उहाँले भन्नुभयो: "केही छैन, तिमीलाई जे मन लाग्छ सोध !" उसले सोध्यो: म तपाईंलाई तपाईंको र तपाईं भन्दा पहिले मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्न चाहन्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले सोध्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच पटक नमाज पढ्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले रमजानमा उपवास बस्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" तब उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई धनीहरूबाट दान लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ।" तब उसले भन्यो: अब म तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गर्छु । मैले इस्लाम ल्याए र म मेरो समुदायको प्रतिनिधि हुँ । मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
सही मुत्तफकुन अलैहि