Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

24 of 683 cards

Clear filters
"के तिमी संधै (वर्षैभरी) व्रत बस्छौ र रातभरी नमाज पढ्छौ?" मैले भने, "हो।" उहाँले भन्नुभयो, "यदि तिमीले यसो गर्यौ भने, तिम्रा आँखाहरू कमजोर हुनेछन् र तिम्रो शरीर (आत्मा) थाक्नेछ। जसले वर्षैभरी व्रत बस्छ, उसले वास्तवमा उपवास नै बसेको मानिँदैन। महिनाको तीन दिन व्रत बस्नु भनेको पूरै वर्ष व्रत बस्नु सरह हो।" मैले भने, "म यसभन्दा बढी गर्ने क्षमता राख्छु।" उहाँले भन्नुभयो, "त्यसोभए दाऊद (अलैयहिस्सलाम) को जस्तो व्रत बस्ने गर; उहाँ एक दिन व्रत बस्नुहुन्थ्यो र एक दिन छोड्नुहुन्थ्यो, र शत्रुको सामना हुँदा कहिल्यै भाग्नुहुन्नथ्यो।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।
सही मुस्लिमले वर्णन गरेका छन्
"जब तिमीहरूले (रमजानको) चन्द्रमा देख्छौ, तब रोजा राख र जब तिमीहरू (शव्वालको) चन्द्रमा देख्छौ, तब रोजा बस्न छोडिदेऊ । यदि आकाशमा बादल लागेको छ भने अनुमान गर (अर्थात् महिनाको तीस दिन पूरा गर)।"
सही मुत्तफकुन अलैहि
"रमजान महिना सुरु भएपछि स्वर्गका द्वारहरू खुल्दछन्, नर्कका द्वारहरू बन्द हुन्छन् र शैतानहरूलाई साङ्लोले बाँधिन्छ।"
सही मुत्तफकुन अलैहि
"जबसम्म मानिसहरूले समयमै (चाँडै) इफ्तार गर्छन्, तबसम्म उनीहरू कल्याण र भलाइमा रहिरहनेछन्।"
सही मुत्तफकुन अलैहि
"इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानिसहरूमध्ये सर्वाधिक परोपकारी हुनुहुन्थ्यो। विशेषगरी रमजानको महिनामा, जब जिब्रील (अलैहिस्सलाम) उहाँसँग भेट गर्नुहुन्थ्यो, उहाँको उदारता अझ बढ्दथ्यो। जिब्रील (अलैहिस्सलाम) रमजानको प्रत्येक रात उहाँकहाँ आउनुहुन्थ्यो र उहाँलाई कुर्आन पढाउहुन्थ्यो । वास्तवमा, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भलाइ र दानपुण्यका कार्यमा, तीव्र वेगले बहने हावाभन्दा पनि अधिक उदार र परोपकारी हुनुहुन्थ्यो।"
सही मुत्तफकुन अलैहि
"तिमीहरूमध्ये कसैले पनि रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि देखि व्रत बस्न सुरु नगर। तर, यदि कुनै व्यक्तिले नियमित रूपमा व्रत बस्ने गरेको छ भने, उसले त्यो दिन व्रत बस्न सक्छ।"
सही मुत्तफकुन अलैहि