Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

60 of 683 cards

Clear filters
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो कुरानकाे तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले यसो गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।
सही मुस्लिमले वर्णन गरेका छन्
"जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक व्यक्तिले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् । जब उनले {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) भन्छन्, तपाईंहरूले आमीन भन्नुहोस्; अल्लाहले तपाईंहरूको प्रार्थना स्वीकार गर्नुहुनेछ । त्यसपछि जब उनले "अल्लाहु अकबर" भन्छन् र रूकुअ गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र रूकुअ गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको रुकुअमा क्षणिक ढिलाइ रुकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, 'अल्लाहले तपाइँको बिन्ती सुन्नुहुन्छ' भन्ने कुरा अल्लाहले रसूलद्वारा बताउनुभएको छ । त्यसपछि जब इमामले "अल्लाहु अकबर" भन्छन् र सज्दा गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र सज्दामा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र सज्दा गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको सज्दामा क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब तपाईं तशह्हुदमा बस्नुहुन्छ, तपाईंले शुरुदेखि निम्न दुआ पढ्नुहोस् : ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्’ ।
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले नमाजमा सूरह फातिहा पढ्दैन, उसको नमाज मान्य हुँदैन।"
सही मुत्तफकुन अलैहि
"इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
सही मुत्तफकुन अलैहि
"वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"
सही मुस्लिमले वर्णन गरेका छन्
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधे, "यदि म अनिवार्य नमाजहरू कायम राख्छु, रमजानमा उपवास बस्छु, हलाल (वैध) लाई हलाल मानेर अनुसरण गर्छु र हराम कुराहरूलाई त्याग्छु र यसबाहेक अरू केही गर्दिनँ भने — के म स्वर्ग (जन्नत) मा प्रवेश गर्नेछु?" उहाँले उत्तर दिनुभयो: "हो (तिमी स्वर्गमा प्रवेश गर्नेछौ)।"
सही मुस्लिमले वर्णन गरेका छन्
""तिमीहरूमध्ये जो कोही शुक्रबारको नमाज पढ्न आउँछ उसले स्नान गर्नुपर्छ।"
सही मुत्तफकुन अलैहि
एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिद सम्म डोर्याएर ल्याउने कोही मान्छे छैन । त्यसैले मलाई घरमा नमाज पढ्न अनुमति दिनुहोस् । उहाँले (सुरुमा) उसलाई अनुमति दिनुभयो, तर जब ती व्यक्ति बाहिर निस्कन लागे, उहाँले तीनलाई बोलाउनुभयो र सोध्नुभयो: "के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्