Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

11 of 683 cards

Clear filters
म अश्अरी समुदायका केही व्यक्तिहरूसँग रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएँ। मैले उहाँसँग सवारी मागें, तर उहाँले भन्नुभयो: "अल्लाहको कसम! म तिमीहरूलाई सवारी दिन सक्दिनँ र मसँग तिमीहरूलाई दिने कुनै सवारी पनि छैन।" त्यसपछि हामी अल्लाहले चाहेजति समयसम्म त्यहाँ बस्यौं। यसैबीच केही ऊँटहरू उहाँकहाँ आए र उहाँले हामीलाई तीनवटा ऊँटहरू दिन आदेश दिनुभयो। त्यहाँबाट निस्केपछि हामीमध्ये केही मानिसहरूले अरूलाई भने: "अल्लाहले हाम्रो यस कार्यमा बर्कत (आशीर्वाद) दिने छैनन्। हामीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर सवारीको लागि अनुरोध गर्यौं र उहाँले हामीलाई सवारी दिन नसक्ने कसम खानुभयो, तर पछि उहाँले हामीलाई दिनुभयो।" अबू मुसाले भने: हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ फर्कियौं र उहाँलाई यस कुराकानीबारे खबर गर्यौं। उहाँले भन्नुभयो: "हेर, मैले तिमीहरूलाई सवारीसाधन दिएको होइन, बरु अल्लाहले तिमीहरूका लागि व्यवस्था गरीदिनुभएको हो। अल्लाहको कसम! जब म कुनै कुरा प्रति कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।"
सही मुत्तफकुन अलैहि
"कुनै पनि यस्तो मुस्लिम व्यक्ति, जससँग इच्छापत्र (वसियत) गर्नुपर्ने कुनै विषय छ भने, आफ्नो लिखित वसियत आफूसँग नराखी दुई रात पनि बिताउनु उसका लागि उचित हुँदैन।" अब्दुल्लाह बिन उमर (रजिअल्लाहु अन्हुमा) ले भन्नुभयो: "मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो कुरा सुनेको दिनदेखि यता ममाथि यस्तो कुनै पनि रात बितेको छैन, जुन रात मेरो लिखित वसियत आफूसँग नभएको होस्।"
सही मुत्तफकुन अलैहि
"जो चाहन्छ कि अल्लाहले उसलाई प्रलयको दिनको कठिनाइबाट बचाओस्, उसले गरिबलाई राहत देओस् वा उसको ऋण (केही वा सबै) माफ गरोस्।"
सही मुस्लिमले वर्णन गरेका छन्