Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
"अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । जब भक्तले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तलेे मेरो बढाई व्यक्त गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो महिमा गरेको छ र एक पटक उहाँले भन्नुभयो: मेरो भक्तले आफ्नो सबै मामिलाहरू मलाई सुम्पेको छ । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो भक्तको बीचमा छ र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम, सिरातल्लजीन अन्अम्त अलैहिम गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो मेरो भक्तको लागि हो र मेरो भक्तले जे मागेको छ उसले त्यही पाउनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"सूर्य आफ्नो अस्ताउने स्थानबाट नउदाएसम्म महाप्रलय हुने छैन । र जब मानिसहरूले सूर्यलाई अस्ताउने स्थानबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान (आस्था) स्वीकार्ने छन्। यसै बखत बारे अल्लाहले भन्नुभएको छ: "त्यस दिन ईमान स्वीकार्न ले पहिले ईमान स्वीकार नगरेको वा ईमान स्वीकार गरी पुण्यकर्म नगरेको व्यक्तिलाई कुनै लाभ दिनेछैन ।[कुरआनः अल-अन्आम - ६ : १५८], र कयामत (महाप्रलय) को दिन यति छिट्टै आउनेछ, कि दुई जना मानिस कपडा किनबेच गरिरहेका हुनेछन्, तर त्यसलाई किन्न वा बेच्न र पट्याउन पाउनेछैनन्। र कयामत यसरी एक्कासि आउनेछ कि एक जना मानिस आफ्नो ऊँटनीको दूध निकालेर फर्किरहेको हुनेछ, तर त्यो दूध पिउन सक्ने छैन। र महाप्रलयको दिन यसरी अकस्मात् आउनेछ कि एक जना मानिसले आफ्नो इनारलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान सक्ने छैन । र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले खाना आफ्नो मुखतिर उठाउनेछ तर त्यो गास खान सक्नेछैन।"
सही मुत्तफकुन अलैहि