यो नसोमा विकृतिको कारणले हुने रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।"
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, फातिमा बिन्ते अबू हुबैश ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रश्न सोधिन्,
म इस्तीहाजा (नसोमा विकृतिको कारणले हुने अनियमित रक्तस्राव) बाट पीडित छु र कहिल्यै पवित्र अवस्थामा हुदिन । के यस्तो अवस्थामा नमाज छोड्नु पर्छ ? उहाँले जवाफ दिनुभयो: "होइन, यो नसोमा विकृतिको कारणले हुने रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।"
إِنِّي أُسْتَحَاضُ فَلاَ أَطْهُرُ، أَفَأَدَعُ الصَّلاَةَ؟ فَقَالَ: «لَا، إِنَّ ذَلِكِ عِرْقٌ، وَلَكِنْ دَعِي الصَّلاَةَ قَدْرَ الأَيَّامِ الَّتِي كُنْتِ تَحِيضِينَ فِيهَا، ثُمَّ اغْتَسِلِي وَصَلِّي».
फातिमा बिन्ते अबू हुबैशले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधिन् कि उनको रजस्वला रोकिदैन र महिनावारी बाहेकका दिनहरूमा पनि रगत बगिरहन्छ, के यो रगतलाई महिनावारीको रगत मानिनेछ र के उहाँले नमाज छोड्न सक्छिन् ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो : यो महिनावारीको रगत होइन, यो त इस्तिहाजा अर्थात् रोगजन्य रक्त हो, जुन पाठेघरको नसा फुट्दा निस्कन्छ । तसर्थ, इस्तैहाजाको (रोग) स्थिति उत्पन्न हुनुभन्दा पूर्व, तिम्रो सामान्य महिनावारीको अवधि जति दिनको थियो, त्यति दिनलाई नै महिनावारी मानेर नमाज, उपवास तथा महिनावारीका समयमा निषेध गरिएका सम्पूर्ण कार्यहरूबाट टाढा रहनु। त्यो समयावधि समाप्त हुनासाथ तिमी हैज (महिनावारी) बाट शुद्ध हुनेछौं। त्यसपछि महिनावारीबाट शुद्ध हुनको लागि रगत निस्कने ठाउँलाई राम्ररी सफा गर र पूर्ण रूपमा स्नान गर अनि त्यसपछि नमाज पढ्न शुरु गर ।
...:
महिनावारी सकिएपछि महिलाले अनिवार्य रूपमा नुहाउनु पर्छ ।
इस्तीहाजह (रोगजन्य रक्तस्राव) भएकी महिलाले अनिवार्य रूपमा नमाज पढ्नु पर्छ ।
महिनावारी (हैज) भनेको प्राकृतिक रूपमा निस्कने रगत हो जसमा वयस्क महिलाको पाठेघरबाट निश्चित दिनहरूमा योनीको माध्यमबाट रगत निस्कने गर्दछ।
इस्तिहाजा भनेको पाठेघरको खाडलबाट नभई यसको माथिल्लो भागबाट असामयिक रगत बग्नु हो ।
महिनावारीको रगत र इस्तीहाजाको रगतमा फरक के छ भने महिनावारीको रगत कालो, बाक्लो र दुर्गन्धित प्रकृतिको हुन्छ, जबकि इस्तीहाजाको रगत रातो, पातलो र गन्धरहित हुन्छ ।
सही बुखारी (1/ 72) (325).
सही मुस्लिम (1/ 262) (333).
थप (6)
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص77).
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (1/ 63).
خلاصة الكلام شرح عمدة الأحكام.
لفيصل آل مبارك (ص40).