Skip to content

ममाथि यस्तो आयत अवतरण भएको छ, जुन मलाई सम्पूर्ण संसारभन्दा बढी प्रीय छ।

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:

हुदैबियाबाट फर्किने क्रममा जब यी आयतहरू अवतरण भए: {निस्सन्देह, हामीले तपाईंलाई एउटा स्पष्ट विजय प्रदान गरेका छौँ, ताकि अल्लाहले तपाईंलाई क्षमा गरिदिऊन्...} देखि {...यो नै महान् सफलता हो} [अल-फतह: १–५] सम्म; त्यसबेला सहाबाहरू पीडा र निराशामा थिए, र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हुदैबियामै कुर्बानीको पशु (हदी) वध गरिसक्नुभएको थियो। तब उहाँले भन्नुभयो: "आज ममाथि यस्तो आयत अवतरण भएको छ, जुन मलाई सम्पूर्ण संसारभन्दा बढी प्रीय छ।"

لَمَّا نَزَلَتْ: {إِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُبِينًا لِيَغْفِرَ لَكَ اللهُ} إِلَى قَوْلِهِ {فَوْزًا عَظِيمًا} [الفتح: ١-٥] مَرْجِعَهُ مِنَ الْحُدَيْبِيَةِ، وَهُمْ يُخَالِطُهُمُ الْحُزْنُ وَالْكَآبَةُ، وَقَدْ نَحَرَ الْهَدْيَ بِالْحُدَيْبِيَةِ، فَقَالَ: «لَقَدْ أُنْزِلَتْ عَلَيَّ آيَةٌ هِيَ أَحَبُّ إِلَيَّ مِنَ الدُّنْيَا جَمِيعًا».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

अनस बिन मालिक (रजिअल्लाहु अन्हु) ले वर्णन गर्नुभएको छ कि जब हुदैबियाबाट फर्किने क्रममा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि अल्लाहको यो वाणी अवतरित भयो: {निश्चय नै हामीले तपाईँलाई स्पष्ट विजय प्रदान गरेका छौँ। (१) ताकि अल्लाहले तपाईँका अघिल्ला र पछिल्ला त्रुटिहरू क्षमा गरिदिऊन्, तपाईँमाथि आफ्नो वरदान पूर्ण गरिदिऊन् र तपाईँलाई सीधा मार्ग देखाइदिऊन्। (२) र अल्लाहले तपाईँलाई शक्तिशाली सहायता प्रदान गरून्। (३) उहाँ नै हुनुहुन्छ, जसले आस्थावानहरूको हृदयलाई शान्ति प्रदान गर्नुभयो, ताकि उनीहरूको इमानमा अझ इमानको वृद्धि होस्। आकाशहरू र पृथ्वीका सम्पूर्ण सेनाहरू अल्लाहकै हुन्, र अल्लाह सर्वज्ञ, तत्वदर्शी हुनुहुन्छ। (४) ताकि उहाँले आस्थावान् पुरुष तथा महिलाहरूलाई त्यस्ता स्वर्गमा प्रवेश गराउन्, जसमुनि नहरहरू बगिरहेका छन्, जहाँ उनीहरू सधैँभरि रहनेछन् र उहाँले उनीहरूका पाप क्षमा गरिदिऊन्। यही नै अल्लाहको दृष्टिमा महान् सफलता हो।} [अल्-फत्ह: १-५] । त्यसबखत सम्झौताका सर्तहरूका कारण तथा उक्त सम्झौता मुस्लिमहरूको हितमा नभएको महसुस गर्दै उमराह गर्नबाट वञ्चित हुनुपरेपछि सहाबाहरूमाझ दुःख र निराशा छाएको थियो। उहाँहरूले हुदैबियामै आफ्ना कुर्बानीका पशुहरू (हद्य) वध गरिसक्नुभएको थियो। सहाबाहरूको यस्तो अवस्था देखेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: ममाथि एउटा यस्तो आयत अवतरण भएको छ, जुन मलाई यो सम्पूर्ण संसारभन्दा पनि बढी प्रिय छ। त्यसपछि उहाँले उक्त आयत पढेर सुनाउनुभयो।

हदीसका केही फाइदाहरू

यसमा हुदैबियाको सन्धिको प्रसङ्गमा परम पवित्र अल्लाहले आफ्ना अन्तिम सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि गर्नुभएको महान् अनुग्रह र स्पष्ट विजयको चर्चा गरिएको छ; अल्लाहले यी पवित्र आयतहरूमा भन्नुभएको छ: {(हे मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम))! निश्चय नै हामीले तपाईंलाई स्पष्ट विजय प्रदान गरेका छौं} दुई आयतको अन्त्यसम्म।

यसमा त्यस अनुग्रहको स्पष्ट वर्णन छ, जुन अल्लाहले सहाबाहरू (रदियल्लाहु अन्हुम) माथि गर्नुभयो, जब उनीहरूले उहाँको आदेशलाई शिरोधार्य गरे र पूर्ण रूपमा आज्ञाकारी बने; अल्लाहले उनीहरूका निम्ति यो वाणी अवतरण गर्नुभयो: {ताकि अल्लाहले आस्थावान पुरुष तथा महिलाहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराऊन् जसको तल तिरबाट नदीरहरू बगिरहेका हुनेछन्} आयतको अन्त्यसम्म।

यस हदीसमा अल्लाहले आफ्ना नबी (सल्लल्लाहु अलैहि वसल्लम) र आस्थावानहरूलाई विजय तथा सफलताको वचन दिएर गर्नुभएको अनुग्रहको वर्णन छ।

अल-सादी (रहिमहूल्लाह) ले यस आयत—{हे नबी (सल्लल्लाहु अलैहि वसल्लम)! निश्चय नै हामीले तपाईंलाई एक स्पष्ट विजय प्रदान गरेका छौँ।} [अल-फतह: १]—को व्याख्या गर्दै लेख्नुहुन्छ: "यहाँ ‘स्पष्ट विजय’ भन्नाले हुदैबियाको ऐतिहासिक सन्धिलाई जनाइएको हो। यो त्यस समयको प्रसङ्ग हो, जब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) उमराहको उद्देश्यले मक्का आउनुभएको थियो तर बहुईश्वरवादीहरू (मुश्रिकहरू) ले उहाँलाई प्रवेश गर्न रोक लगाएका थिए। यो एक लामो र महत्त्वपूर्ण घटना हो, जसको कारणले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र उनीहरूबीच दश वर्षसम्म युद्ध नगर्ने ऐतिहासिक सम्झौता भयो। साथै, मुस्लिमहरूले त्यस वर्ष फर्केर आगामी वर्ष मात्र उमराह गर्न पाउने निर्णय भयो। यसका अतिरिक्त, अन्य कुनै पनि कबिला वा व्यक्ति आफ्नो इच्छानुसार कुरैश वा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मध्ये जसको गठबन्धन वा सम्झौतामा पनि सामेल हुन पाउने बुँदामाथि सहमति भयो। यस सम्झौताका कारण जब मानिसहरू एक-अर्काबाट सुरक्षित भए, इस्लामको सन्देशलाई मानिसहरू बिच व्यापक रूपमा फैलाउने स्वर्णिम अवसर प्राप्त भयो। जुनसुकै स्थानमा रहेका मुस्लिमहरूका लागि आफ्नो आस्था निर्धक्क प्रकट गर्न सहज भयो भने सत्यको खोजीमा रहेका व्यक्तिहरूलाई पनि इस्लामको वास्तविकता नजिकबाट बुझ्ने बाटो खुल्यो। यस अनुकूल परिस्थितिको फलस्वरूप, मानिसहरू ठूलो सङ्ख्यामा इस्लाममा प्रवेश गर्न थाले। यही कारणले अल्लाहले यस सन्धिलाई केवल विजय मात्र नभनी ‘फतहम् मुबीना’ अर्थात् एक प्रत्यक्ष र स्पष्ट विजयको संज्ञा दिनुभयो। किनकि कुनै पनि भूभाग विजय गर्नुको वास्तविक उद्देश्य अल्लाहको धर्मलाई सर्वोच्चता दिलाउनु र आस्थावानहरूलाई प्रतिष्ठित बनाउनु हो, जुन यसै शान्ति सन्धिमार्फत पूर्ण रूपमा हासिल भएको थियो।"

श्रोतहरू

सही मुस्लिम (3/ 1413) (1786).

थप (2)

تفسير القرطبي (16/ 259-265).

البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (31/ 234).