"मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ
उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई फजरको नमाज पढाउनुभयो र सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले फेरि सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले भन्नुभयो: "मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ। नमाजको पहिलो पङ्क्ति स्वर्गदूतहरूको पङ्क्ति जस्तै हुन्छ। यदि तिमीहरूलाई यसको महत्त्व थाहा भएको भए तिमीहरू त्यसको लागि हतार गर्ने थियौ। एकलै नमाज पढ्नुभन्दा दुई जना मिलेर नमाज पढ्नु उत्तम हुन्छ र दुई जनाभन्दा तीन जना मिलेर पढ्नु झन् उत्तम हुन्छ। (नमाजमा) जति धेरै मानिसहरूको उपस्थिति हुन्छ, अल्लाहलाई त्यो त्यति नै बढी प्रिय हुन्छ।"
صلَّى بنا رسولُ الله صلى الله عليه وسلم يومًا الصُّبحَ فقال: «أشاهِد فُلان؟» قالوا: لا، قال: «أشاهِدٌ فُلان؟» قالوا: لا، قال: «إنَّ هاتيَنِ الصَّلاتين أثقَلُ الصَّلَواتِ على المُنافقين، ولو تعلمون ما فيهما لأتيتُمُوهما ولو حَبْوًا على الرُّكب، وإن الصفَّ الأوّلَ على مِثلِ صَفِّ الملائكة، ولو عَلِمتُم ما فضيلتُه لابتَدَرتُموهُ، وإنّ صلاةَ الرجل مع الرجل أزكى من صلاتِه وحدَه، وصلاتَه مع الرجلَين أزكى من صلاتِه مع الرجل، وما كَثُرَ فهو أحبُّ إلى الله تعالى».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक दिन फज्रको नमाज पढाउनुभयो र त्यसपछि सोध्नुभयो: के हाम्रो यो नमाजमा फलानो मान्छे उपस्थित छ? सहाबाहरूले भने: छैन । त्यसपछि उहाँले अर्को व्यक्तिको बारेमा सोध्नुभयो: "के फलानो उपस्थित छ?" उनीहरूले भने: छैन । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : वास्तवमा, फज्र र इशाको नमाज मुनाफिकहरू (पाखण्डीहरू) का लागि सबैभन्दा कठिन हुन्छ; किनकि यी समयमा आलस्यको प्रभाव बढी हुन्छ र अर्कोतर्फ अँध्यारोका कारण मानिसहरूले नदेख्ने हुँदा यसमा ‘रिया’ (देखावटीपन) को अवसर प्राप्त हुँदैन। र हे मुमिनहरू, यदि तिमीहरूलाई फज्र र इशाको नमाजमा कति ठूलो पुण्य र अतिरिक्त प्रतिफल छ भन्ने कुरा थाहा भएको भए, तिमीहरू हात र घुँडा टेक्दै भए पनि अवश्य उपस्थित हुनेथियौ; किनकि प्रतिफल सधैं कठिनाइको अनुपातमा प्रदान गरिन्छ। पहिलो पंक्तिमा रहनेहरू, जो इमामको नजिक हुन्छन्, तिनीहरूको स्थिति अल्लाहका निकटवर्ती फरिश्ताहरूको पंक्तिसरह हुन्छ। यदि विश्वासीहरूले पहिलो पंक्तिको महत्त्व र उत्कृष्टता थाहा पाएका भए, यसलाई प्राप्त गर्न उनीहरू अवश्य नै एक-अर्कासँग प्रतिस्पर्धा गर्ने थिए। र दुइजना मिलेर नमाज पढ्नु अधिक पुण्यदायी र प्रभावकारी हुन्छ। यसैगरी, दुई जनासँग मिलेर पढिएको नमाज, एक जनासँग पढिएको नमाजभन्दा अझ उत्तम र श्रेष्ठ हुन्छ। जुन नमाजमा उपासकहरूको सङ्ख्या जति धेरैनहुन्छ, त्यो अल्लाहको दृष्टिमा त्यति नै बढी प्रिय र उत्कृष्ट हुन्छ।
मस्जिदका इमामले मुक्तदीहरू (इमामको पछाडि नमाज पढ्नेहरू) तथा अनुपस्थित रहनेहरूको बारेमा सोधपुछ गर्न सक्छन्।
नियमित र निरन्तर रूपमा जमाअतसँग नमाज पढ्नु, विशेषगरी इशा र फजरको नमाज, ईमानको पहिचान हो।
इशा र फज्रको नमाजमा अत्यधिक पुण्य छ; किनकि यसमा उपस्थित हुन आफूसँगै संघर्ष गर्नुपर्छ र आज्ञाकारितामा दृढताको आवश्यक हुन्छ, र यही कारणले यसको पुण्य अन्य नमाजहरूभन्दा धेरै छ।
सामूहिक नमाज (जमात) दुई वा सोभन्दा बढी व्यक्तिहरू भएमा स्थापित (कायम) भएको मानिन्छ।
प्रथम पङ्क्ति (सफ) को श्रेष्ठता र त्यसमा स्थान ग्रहण गर्नका लागि प्रोत्साहन दिइएको छ।
यसमा जमात (समूह) को संख्या अधिक हुनुको श्रेष्ठतालाई स्पष्ट पारिएको छ; किनभने नमाजको जमात जति विशाल हुन्छ, त्यसबाट प्राप्त हुने पुण्य पनि उति नै अधिक हुन्छ।
सत्कर्महरूबीच उत्कृष्टताको दृष्टिले भिन्नता हुन्छ, जुन शरीअतले निर्धारण गरेको प्राथमिकता तथा परिस्थितिका आधारमा तय हुन्छ।
सुनन अबी दाउद (1/ 415) (554).
सुनन् निसाई (2/ 104) (843).
मुस्नद अहमद (35/ 188) (21265).
थप (8)
شرح الطيبي على مشكاة المصابيح.
لشرف الدين الطيبي (4/ 1132).
مرقاة المفاتيح شرح مشكاة المصابيح.
لعلي القاري (3/ 838).
سبل السلام شرح بلوغ المرام.
للصنعاني (1/ 360 ).
شرح سنن أبي داود.
لعبد المحسن العباد (40/ 11).
Cited in books
2 Booksथप (2)
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمصَلَّى بِنَا رَسُولُ اللَّهِ ﷺ يَوْمًا الصُّبْحَ، فَقَالَ: «أَشَاهِدٌ فُلَانٌ»، قَالُوا: لَا، قَالَ: «أَشَاهِدٌ فُلَانٌ»، قَالُوا: لَا، قَالَ: «إِنَّ هَاتَيْنِ الصَّلَاتَيْنِ أَثْقَلُ الصَّلَوَاتِ عَلَى الْمُنَافِقِينَ، وَلَوْ تَعْلَمُونَ م
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمصَلَّى بِنَا رَسُولُ اللَّهِ ﷺ يَوْمًا الصُّبْحَ، فَقَالَ: «أَشَاهِدٌ فُلَانٌ»، قَالُوا: لَا، قَالَ: «أَشَاهِدٌ فُلَانٌ»، قَالُوا: لَا، قَالَ: «إِنَّ هَاتَيْنِ الصَّلَاتَيْنِ أَثْقَلُ الصَّلَوَاتِ عَلَى الْمُنَافِقِينَ، وَلَوْ تَعْلَمُونَ م